नेपाली समय Loading...२०८१ बैशाख २५ मंगलवार

तपाईको मास्क छैन ? त्यसो भए अब गाडीभाडामा रु १० थप लाग्छ

ओखलढुङ्गान्युज, बैशाख ओखलढुङ्गा सवारी साधनको यात्रा गर्दा यात्रुहरुलाई मास्कको प्रयोग जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले अनिवार्य गरेको छ । सवारी साधनको यात्रा गर्दा मास्क प्रयोग नगर्ने यात्रुहरुवाट प्रतिव्यक्ति बढिमा रु १० लिई मास्क उपलब्ध गराउन समेत प्रशासनले अनुरोध गरेको छ ।

घर वाहिर यात्रामा निस्कनेहरुलाई अनिवार्य रुपमा मास्क र सेनिटाईजर प्रयोग गर्न  र एकैठाँउमा २५ जना भन्दा बढि भएर कुनैपनि कार्यक्रम नगर्न समेत प्रशासन कार्यालयले अनुरोध गरेको छ । नेपाल सरकार गृह मन्त्रालयको निर्देशन अनुसार ओखलढुङ्गामा बुधबार बसेको जिल्ला कोभिड १९ संकट व्यबस्थापन केन्द्र (DCCMC) को निर्णय अनुसार जिल्ला प्रशासनले एक सूचना जारी गर्दै यस्तो अनुरोध गरेको हो ।

DCCMC को निर्णय अनुसार विहिवार देखी ओखलढुङ्गाका सबै स्थानमा लाग्ने हाटवजारमा स्वास्थ्य मापदण्डलाई कडाइ गरिएको छ । होटल तथा पसलहरु पनि सञ्चालनमा कडाई गर्दै विहान ८ बजे देखी बेलुकी ८ बजेसम्म मात्र सञ्चालन गर्न पाईने भएको छ ।

अरु के के मा प्रतिबन्ध ?  जिल्ला प्रशासन कार्यालयवाट जारी गरिएको सूचना ः