नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

प्रधानमन्त्री ओली र नेता नेपाल विच आकस्मिक भेटवार्ता, एमाले कार्यकर्तामा आसाको दियो

ओखलढुङ्गान्युज, ९ बैशाख । काठमाण्डौं । बुधबार साँझ नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्व प्रधानमन्त्री एवम् एमालेका नेता माधव कुमार नेपालका बिचमा आकस्मिक भेट तथा छलफल भएको छ । दुवै नेताहरुको विचमा बुधबार साँझ नक्सालस्थित होटल मेरियटमा भएको हो ।

गत फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी भिन्नभिन्नै बनाइदिएपछि पूर्वप्रधानमन्त्री नेपाल र पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली विचभएके यो दोस्रो प्रत्यक्ष भेटघाट हो । सर्वोच्चको फैसलाअनुसार पुनर्स्थापित एमालेको ओली र नेपाल समूहका नेताहरुबीच २ चैतमा पार्टी कार्यालय धुम्बाराहीमा वार्ता भएको थियो ।

नक्सालस्थित होटल मेरियटमा भएको अकस्मात भेटघाट करिब दुई घण्टा छलफलमा बित्यो । भेटमा एमाले महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल पनि सहभागी भएका बताईएको छ । पूर्वसूचना नदिई हठात् भएको भेटघाटबारे सञ्चारमाध्यमलाई दुवै नेताले प्रतिक्रिया दिन मानेनन् । नेताहरुले तत्काल कुनै प्रतिक्रिया दिन नमानेपनि दुई पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष विच भएको सम्बादहिनताको अन्त्यको खबरले निराश एमाले कार्यकर्तामा आशाको दियो पलाएको छ ।

नेपाल समूहका नेता योगेश भट्टराईले बुधबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसमक्ष पार्टी एकता जोगाउन भन्दै अनुरोध गरेका थिए । भट्टराईले ओलीलाई पार्टी अध्यक्ष भएको नेताले विगतका तीतामीठा बिर्सिन र अब पार्टी एक ढिक्का बनाउन ओलीलाई आग्रह गरेका थिए। उनले शीर्ष नेताहरुबाटै संवाद बढाउन आफ्ना समूहका नेता नेपाल र वरिष्ठ नेता झलनाथ खनाल लगायतसँग कुरा गर्न भनेका थिए ।