नेपाली समय Loading...२०८१ बैशाख २५ मंगलवार

पूर्व राजा ज्ञानेन्द्र र रानी कोमललाई कोरोना संक्रमण पुष्टि

ओखलढुङ्गान्युज, बैशाख काठमाण्डौं केहिदिन अगाडी भारतमा हरिद्वारमा रहेको गंगा स्नान गरेर आएका नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा रानी कोमल शाहलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । गंगा स्नानमा सहभागी भएर केहि दिन अगाडी मात्रै राजारानी दुवै नेपाल आएका थिए ।

पूर्व राजारानी भारतवाट आउनसाथ कोरोनाको परिक्षण गराएका थिए । शाह दम्पती द्वय सहभागी भएको गंगा स्नान मेलामा सहभागी भएकाहरुमा कोरोना संक्रमण फैलिएको भनेर केहिदिन अगाडी मात्रै भारतीय सञ्चार माध्यमहरुले समाचार सम्प्रेषण गरेका थिए । उनीहरु नेपालमा आउनसाथ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नै उनका समर्थकहरुले स्वागत गरेका थिए ।

पूर्व राजारानी दुवैजनामा कोरोना संक्रमणको पुष्टि भएपछि उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी कार्य सुरुवात गरिएको छ । कोरोना संक्रमण भएको पुष्टि हुनासाथ शाह दम्पत्तीको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । पछिल्ला दिनमा नेपालमा पनि कोरोना संक्रमणको दर उच्च गतिमा फैलन लागेको भन्दै शतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले सबैमा आग्रह गरेको छ ।