नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

फेरी बढ्यो पेट्रोलियम पद्धार्थको मूल्य

ओखलढुङ्गान्युज, ५ बैशाख । काठमाण्डौं । आईतवारवाट नेपालमा फेरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । आयल निगमले शनिबार राती १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा मूल्य बृद्धि गरेको हो ।

निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा समान १/१ रूपैयाँ मूल्य वृद्धि गरेको हो । योसँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय २१ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल र मट्टीतेलको मूल्य पनि प्रतिलिटर १ सय ४ रुपैयाँ प्रतिलिटर कायम भएको छ।

आन्तरिक तर्फको हवाई इन्धनमा पनि प्रतिलिटर दुई रुपैयाँ बढाएर ७६ रुपैयाँ कायम गरिएको आयल निगमले जनाएको छ । खाना पकाउने ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानमा प्रयोग हुने इन्धनको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ।