नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

भारतमा कोरोना संक्रमणदरको नयाँ रेकर्ड

ओखलढुङ्गान्युज, बैशाख काठमाण्डौं भारतमा कोरोनाको संक्रमण दरले नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो समयमा भाईरस संक्रमणले तिब्र रुपमा गति लिएसँगै संक्रमणको दरले नयाँ रेकर्ड कायम गरेको हो ।

संक्रमणको दरले नयाँ रेकर्ड कायम गदैृ बढेसँगै भाईरस संक्रमणका कारण मृत्यु हुनेको दरले पनि दैनिक १ हजार भन्दा बढिको गति लिईरहेको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख ६० हजार ७ सय ७८ जना संक्रमित थपिएका छन् । एकैदिन यति धेरै संख्यामा संक्रमित थपिएको विश्वमा नै पहिलोपटक हो।

एकैदिन भाईरस संक्रमित हुनेको संख्या पौने ३ लाख पुग्दै गर्दा सोही अवधिमा १ हजार ४ सय जनाको मृत्यु भएको छ। तथ्यांक अनुसार भारतमा अहिलेसम्म एक लाख ७७ हजार १ सय ६८ कोरोना संक्रमितको मृत्यु भइसकेको छ। यस्तै‚ संक्रमितको संख्या एक करोड ४७ लाख ८२ हजार ४६१ पुगेको छ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अघिल्लो २४ घण्टामा १ हजार ३ सय ४१ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । सोही अवधिमा २ लाख ३४ हजार ६ सय ९२ जना संक्रमित भएका थिए।