नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

प्रदेश १ मा पनि बढ्न थाल्यो कोरोना संक्रमणको दर

ओखलढुङ्गान्युज, बैशाख विराटनगर देशव्यापी रुपमा कोरोना संक्रमणको दर बढेसँगै प्रदेश १ मा पनि संक्रमित हुनेहरुको दर बढ्न थालेको छ । विहिबार पछिल्लो २४ घण्टामा मात्रै प्रदेश नं. १ मा १६ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनका संक्रमित थपिनेहरुमा मोरंगमा ८, सुनसरीमा ६, झापा र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरंगको विराटनगरमा ८, सुनसरीको इटहरीमा ३, देवानगञ्ज, बर्जु र धरानमा १–१, झापाको कमल गाउँपालिकामा १ र प्रदेश १ बाहिरका १ जना रहेका छन् ।

यो सँगै प्रदेश १ मा कोरोना संक्रमित हुनेहरुको संख्या ३० हजार ५ सय ३२ पुगेको छ । संक्रमित मध्ये २९ हजार ८ सय ७० जना कोरोना भाईरस संक्रमण मुक्त भएका छन् । त्यस्तै हाल प्रदेश नं. १ मा १ सय ९५ जना संक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा विहिबार पछिल्लो २४ घण्टामा १ सय ६७ जनाको पीसीआर परीक्षण गरिएकोमो ८ महिला र ८ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ३४ हजार १६१ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालय विराटनगरले जनाएको छ ।