नेपाली समय Loading...२०८१ बैशाख १८ मंगलवार

प्रदेश नं. २ का चारजना सांसदको पद चैट

ओखलढुङ्गान्युज, चैत ३०, २०७७ काठमाण्डौं प्रदेश नं. २ मा चारजना सांसदको पद गएको छ । नेकपा (माओवादी केन्द्र) वाट निर्वाचित भएका ति चारैजना सांसदले नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले प्रवेश गरेका कारण उनीहरुका प्रदेशसभा सदस्य पद गएको हो ।

प्रदेश नं. २ को प्रदेशसभाको सोमबार बसेको बैठकमा सभामुख सरोजकुमार यादवले रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीर पदमुक्त भएको जानकारी दिनुभएको हो । उनीहरुको पद जानु अगाडी माओवादी केन्द्रले चार प्रदेशसभा सदस्यले राजनीतिक दलसम्बन्धी ऐनको दफा ३४ को उपदफा १ बमोजिम दल त्यागको सूचना जानकारी गराएको थियो । पदमुक्त भएका सांसद मण्डल धनुषा क्षेत्र नम्बर १ को ख, साह बारा क्षेत्र नम्बर ३ को क र कुशवाहा रौतहट क्षेत्र नम्बर ३ को ख बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

उता बाराका समीर भने समानुपातिक तर्फबाट निर्वाचित भएका थिए । उनी पदमुक्त भएपछि माओवादी केन्द्रले सूचीको रोलक्रम अनुसार नयाँ प्रदेशसभा सदस्य पठाउन सक्ने कानूनी प्रात्रवधान छ ।