नेपाली समय Loading...२०८२ बैशाख ८ सोमबार

ओखलढुङ्गाको पत्रकार महासंघमा शेर्पाको टिम विजयी

ओखलढुङ्गान्युज, चैत २६, २०७७ ओखलढुङ्गा नेपाल पत्रकार महासंघ ओखलढुङ्गा शाखाको बुधबार भएको निर्वाचनमा लाक्पा जी शेर्पाको समूह निर्वाचित भएको छ । बुधबार भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी शिव प्रसाद ढुङ्गानाको टिमलाई हराउदै शेर्पाको समूह विजयी भएको हो ।

निर्वाचित हुनेहरुमा अध्यक्षमा लाक्पाजी शेर्पा, उपाध्यक्षमा रविन श्रेष्ठ, समाबेशी महिला उपाध्यक्षमा विनुमाया राई, सचिवमा पूर्ण प्रसाद न्यौपाने, सहसचिवमा आङवावु शेर्पा र मेनुका श्रेष्ठ तथा कोषाध्यक्षमा कूल बहादुर तामाङ निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा सरस्वती वानिया, शारदा राई, नविन धमला र एसवि जेरो निर्वाचित भएका छन् ।

बुधबार भएको सत्ताधारी नेकपा एमालेको ओली पक्ष र जनता समाजवादी पार्टी विचको संयुक्त प्यानलका उम्मेदवारहरु निर्वाचित भएका हुन् । ओखलढुङ्गामा पत्रकार महासंघको स्थापना भएसँगै पहिलो पटको ओखलढुङ्गामा निर्वाचन भएको हो ।