नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

मानेभञ्ज्याङ्गमा बोलेरो दुर्घटना, ३ को मृत्यु

ओखलढुङ्गान्युज, चैत २४, २०७७ । ओखलढुङ्गा । ओखलढुङ्गाको मानेभञ्ज्याङ्ग गाउँपालिकामा बोलेरो दुर्घटनामा परेको छ । मानेभञ्ज्याङ्ग गाउँपालिकाको वडा नं.४ केतुकेको हटियाबाट सोही वडाको धुसेनी भन्ने स्थानतर्फ जादै गरेको ना १ ज ८३३२ नम्बरको बोलेरो दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि बोलेरोमा सवार ३ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने गाडीका चालक गम्भिर घाईते भएका छन् । दुर्घटनामा पनि गाडीमा सवार मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं. ४ केतुके धुसेनीका टुल्कीमाया मगर, विना मगर र डोल कुमारी मगरको घटनास्थलमा नै मृत्यु भएको केतुकेवाट पत्रकार डेनीस मगरले जानकारी दिनुभयो । बोलेरो चालक सिनपा १० का कमल थापाको अबस्था भने गम्भिर रहेको छ । घाईतेलाई उद्दार गरि सामुदायीक अस्पताल ओखलढुङ्गा पठाईएको स्थानीयले बताएका छन् ।

हटियावाट यात्रु लिएर फर्कदै गर्दा धुसेनी नजिकै सडकवाट करीब ३ सय मिटर तल झरेको स्थानीयले बताएका छन् । विहान करीब साढे ९ बजेतिर घटना भएको भएपनि गाडी भिरमा रहेको छ । तिनजनाको मृत्यु भएको भएपनि घाईते चालक मगर भने भिरमा अड्किएको अबस्थामा स्थानीयले उद्दार गरेको पनि पत्रकार मगरले जानकारी दिनुभयो । दुर्घटनास्थल विकट स्थानमा रहेकोले उद्दारकर्ताहरु समयमा नै घाईते तथा मृतकको उद्धारका लागि पुग्न सकेका थिएनन् ।

यो समाचार तयार पार्दै गर्दा घटनास्थमा नेपाल प्रहरीको टोली पुगीसकेको छ भने अहिले नेपाली सेना र सशस्त्र प्रहरीको टोली गएको छ । घटनास्थलको बारेमा थप विस्तृत विवरण भने आउन बाकी रहेको छ ।