नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

बाँकेको नरैनापुरमा भिषण आगलागी, ६० भन्दा बढी घर जलेर नष्ट

ओखलढुङ्गान्युज, चैत २१, २०७७ काठमाण्डौं शनिवार दिउँसो देखि बाँकेको नरैनापुरमा भीषण आगलागी भइरहेको छ । नरैनापुर गाउँपालिका वडा नम्बर चार खोदावामा भएको आगलागीबाट अहिलेसम्म ६० भन्दा धेरै घर जलेर नष्ट भएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साहले जानकारी दिनुभयो ।

आगलागीका कारण करोडौंको क्षति सगै एकजना महिला घाईते भएकी छन् । घाइते भएकी महिलालाई उपचारको लागि नेपालगञ्ज लगिएको जनाईएको छ । तीव्र गतिमा हावाहुरी चलिरहेकोले आगो नियन्त्रणमा कठिनाइ भइरहेको गाउँपालिकाका अध्यक्ष साहले जानकारी दिनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिका र जिल्लाका अन्य निकायका दमकलको सहायतामा आगो नियन्त्रणको प्रयास भइरहेको छ । गाउँभरिकै खाद्यान्न, पशु चौपाया लगायत सबै सम्पत्ति जलेर नष्ट भएको पनि गाउँपालिका अध्यक्ष साहले बताउनुभयो । आगलागीका कारण भएको क्षतिको बारेमा विस्तृत विवरण भने आउन बाकी रहेको छ ।