नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

चट्याङ लागेर ओखलढुङ्गामा एकको मृत्यु

ओखलढुङ्गान्युज, चैत १८, २०७७ ओखलढुङ्गा । मंगलवार साँझ ओखलढुङ्गामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिका वडा नं. ६ भित्ते निवासी वर्ष ५८ की पासाङ शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

मंगलबार बेलुका साढे ७ बजेतिर श्रमिान्ले खाना खादै गर्दा पानी परेपछि घर बाहिर रहेको सामान घरभित्र लैजाना भन्दै ढोका खोलेर निस्कनै लाग्दा उनलाई चट््याङ लागेको परिवारले बताएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायव उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो । प्रहरी नायव उपरीक्षक काफ्लेका अनुसार चट्याङ लागेका शेर्पाको घटनास्थलमा नै मृत्यु भएको थियो ।

लामो समयपछि ओखलढुङ्गामा पानी पर्नेक्रममा पानी सगै आएको चट्याङका कारण शेर्पाको मृत्यु भएको हो । मंगलबार साँझ लामो सयम सम्म चट्याङको आवाज आएको थियो ।