नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

माओवादी केन्द्रका संसदीय दलका नेतामा इन्द्रबहादुर आङ्बो

ओखलढुङ्गान्युज, चैत १७, २०७७ । विराटनगर । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेतामा इन्द्रबहादुर आङ्बो चयन भएका छन् । दलको सोमबार बसेको बैठकले निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका आङ्बोलाई प्रदेश नं. १ को संसदीय दलको नेता चयन गरेको हो ।

माओवादी केन्द्रको शोमबार बसेको उक्त बैठकले दलको उपनेतामा रामकुमार राई, प्रमुख सचेतकमा झलकसिंह दर्लामी र सचेतकमा सौभाग्यवतीदेवी राई लाई चयन चयन गरेको हो । माओवादी केन्द्रको सोही बैठकमा प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री रहेका टंक आङ्बुहाङलाई २४ घण्टाभित्र स्पष्टीकरण सोध्ने निर्णय समेत गरेको बताईएको छ ।

 दल त्याग गर्नुभएको हो या दलमा फर्किनु हुने हो भन्नेबारेमा २४ घण्टाभित्र उहाँको अवस्थाबारे स्पष्टीकरण आउने र २४ घण्टाभित्र स्पष्टीकरण आएन भने दलसम्बन्धी ऐनअनुसार संसदमा उहाँको पद रिक्त भएको सूचना संसद सचिवालयमा पठाउने माओवादी केन्द्रले जनाएको छ ।

तत्कालीन नेकपा संसदीय दलका उपनेता रहेका ताप्लेजुङ ख बाट निर्वाचित टंक आङ्बुहाङ नेकपा एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रको संसदीय दलको नेताको पद रिक्त थियो।