नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

राष्ट्रपति भण्डारीलाई बङ्गलादेशमा २१ तोपको सलामी

ओखलढुङ्गान्युज, चैत , २०७७ काठमाण्डौं नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीलाई बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले ढाकाको हजरात साहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर स्वागत गर्नुभएको छ । शोमबार दुई दिने राजकीय भ्रमणका लागि बङ्गलादेश पुग्नुभएका राष्ट्रपति भण्डारीलाई त्यहाँका राष्ट्रपतिले विमास्थलमा नै पुगेर स्वागत गर्नुभएको हो ।

शोमबार राष्ट्रपति भण्डारी नेपाल एअरलाइन्सको चार्टड विमानमार्फत ढाका पुग्नुभएको हो । विमानस्थलमा स्वागतसँगै बङ्गलादेशको स्थल तथा वायु सेनाले राष्ट्रपति भण्डारीलाई २१ तोपको सलामी र सम्मान गारद अर्पण गरेको छ ।

शोमबार नै राष्ट्रपति भण्डारी र समकक्षी हमिदबीच दुई पक्षीय भेटवार्ता हुनेछ । त्यस्तै प्रधानमन्त्री शेख हसिनालगायतले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारीको भ्रमणका क्रममा मुख्य तीन वटा सम्झौतापत्रमा हस्ताक्षर हुनेछ ।