नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

प्रमुख जिल्ला अधिकारीलाई जिल्ला पैरवी सञ्जालको ध्यानाकर्षण

ओखलढुङ्गान्युज, चैत , २०७७ ओखलढुङ्गा ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारीलाई जिल्ला पैरवी सञ्जालले ध्यानाकर्षणपत्र बुझाएको छ । नागरिक समाजका संस्थाका प्रतिनिधी तथा पत्रकारहरुको साझा समूह जिल्ला पैरवी सञ्जाल ओखलढुङ्गाले आईतवार दुईबुदे ध्यानाकर्षण पत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्र मार्फत ओखलढुङ्गामा पछिल्ला दिनहरुमा बालविवाहका घटनाहरुमा बृद्धि भएको भन्दै त्यसको न्युनिकरणका लागि आवश्यक कदम चाल्न ध्यानाकर्षण गराईएको छ । त्यस्तै पछिल्ला दिनहरुमा ओखलढुङ्गामा बालबालिका तथा किशोरकिशोरीहरुले लागूपद्धार्थ, धुम्रपान तथा मद्यपान गर्नेक्रम बढेको भन्दै त्यसको नियन्त्रणका लागि समेत ध्यानाकर्षण गराईएको छ । किशोरकिशोरीहरुले धुम्रपान तथा मद्यपानजन्य पद्धार्थको प्रयोग बढावा दिनुमा व्यापारी व्यबसायीहरु समेत जिम्मेवार रहेको भन्दै विद्यालय आसपासका क्षेत्र र बालबालिकाहरुलाई विक्रि वितरण गर्न नदिनका लागि आवश्यक कदम चाल्न समेत ध्यानाकर्षण गराईएको छ ।

ध्यानार्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी बन्दना राईले पैरवी सञ्जालले बुझाएको ध्यानाकर्षण पत्रले आफुलाई सोचनिय बनाएको भन्दै आवश्यक कार्वाही प्रकृया तत्काल अगाडी बढाउने प्रतिबद्धता जनाउनुभयो । बालविवाहका घटना अन्य जिल्लाहरुमा झै ओखलढुङ्गामा पनि समस्या कै रुपमा देखिएको भन्दै आफुले आवश्यक कदम चाल्ने र त्यसकालागि नागरिक समाज र पत्रकारहरुले समेत साथ र सहयोग दिन आग्रह गर्नुभयो ।

केहीदिन अगाडी सोच नेपालको समन्वयमा बसेको जिल्ला पैरवी सञ्जालको बैठकमा बालविवाह तथा लागूपद्धार्थ दुव्यसनी गर्नेको संख्यामा बृद्धि भएको भन्दै त्यसको नियन्त्रणका लागि आवश्यक कार्वाही प्रकृया अगाडी बढाउन प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउने निर्णय गरेको थियो ।