नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

हराईरहेकी महिला मोलुङ हाईड्रोमा मृत भेटिईन्

ओखलढुङ्गान्युज, चैत , २०७७ बरुणेश्वर एक हप्ता अगाडी गाउँवाट हराएकी एक महिलाको शब बुधबार मोलुङखोला हाईड्रोपावरको पानी जमाउने ड्याममा मृत फेला परेकी छन् । मोलुङ गाउँपालिका वडा नं. ५ प्राप्चा घर भएकी वर्ष ३८ की तोम कुमारी घिमिरे मृत फेला परेकी हुन् ।

घिमिरे गत फागुन २७ गते शिवरात्रीको दिन देखी बेपत्ता भएकी थिईन् । वेपत्ता भएकी घिमिरेको खोजी गर्ने क्रममा बुधबार हाईड्रोपावरको विद्युत उत्पादन गर्न पानी लैजाने मुख्य गेटको पानीमा मृत अवस्थामा फेला परेको स्थानीय भूमरी लामाले जानकारी दिनुभयो । गेटको नियमित अनुगमनका क्रममा हाईड्रोपावरका कर्मचारीहरुले शबलाई देखेपछि नजिकैको प्रहरीलाई खबर गरेका थिए ।

खबर पाउनासाथ घटनास्थलमा पुगेको प्रहरीले शवलाई पानीवाट निकालेर बुधबार साँझ नै पोष्ट मार्टमका लागि रुम्जाटार अस्पताल पठाईएको मोलुङ गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष टंकनाथ दाहालले जानकारी दिनुभयो । मृतकको श्रीमान् घरमा नै कृषि पेशा गर्दै आएका छन् । मृतक घिमिरेले बेलाबेलामा मदिरापान गरि हिड्ने भएकोले सायद मदिरा सेवनकै कारण लडेर पानीमा परि उनको मृत्यु भएको हुनसक्ने वडा अध्यक्ष दाहालले जानकारी दिनुभयो ।

महिला हराउनासाथ प्रहरीलाई परिवारले जानकारी गराएको थियो । खोजी गर्नेक्रममा बुधबार उनको शव फेला परेको र शवलाई पोष्ट मार्टमका लागि रुम्जाटार अस्पताल पठाईएको प्रहरीले जनाएको छ । मृत्युका बारेमा पोष्ट मार्टम पछि मात्रै भन्न सकिने र घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।