नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

शुक्रबारसम्म पानी पर्नसक्ने

ओखलढुङ्गान्युज, चैत , २०७७ काठमाण्डौं देशैभरका पहाडी जिल्लाहरु मध्ये केही स्थानमा बुधबार साझदेखी पानै पर्ने भएको छ । बुधबार देखी तिनदिनसम्म देशका केही पहाडी ठाउँमा हावा हुरी, मेघगर्जन र चट्याङ्सहित सामान्य वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ।

मंगलबार देखी देशमा स्थानीयसँगै पश्चिमी वायुको पनि प्रभाव परेकोले मौसममा बदली आएको महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो र राति कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भू–भागका केही ठाउँमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

बुधबार देखी हुने मेघगर्जन, चट्याङ र हावा हुरीसहित सामान्य वर्षाको सम्भावना शुक्रबारसम्मै कायम रहने छ । यसैले यस समयमा हावाहुरी र चट्याङवाट बच्नका लागि समेत सतर्क रहन महाशाखाले सचेत गराएको छ ।