नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

जीवहरुको अनुसन्धानका लागि प्रदेश सरकार सकारात्मक ः मन्त्री कार्की

ओखलढुङ्गान्युज, फागुन २९, २०७७ विराटनगर प्रदेश १ का आन्तरिक मामिला तथा कानुन एवं सामाजिक विकास मन्त्री हिक्मतकुमार कार्कीले प्राणी लगायतका जीवहरुको अध्ययन, अनुसन्धानका लागि प्रदेश सरकार सकारात्मक रहेको बताउनु भएको छ । नेपाल जुलोजिकल सोसाईटी प्रदेश नं. १ ले आज विराटनगरमा आयोजना गरेको एक गोष्ठिमा मन्त्री कार्कीले यस्तो बताउनुभएको हो ।

मन्त्री कार्कीले  प्राणीशास्त्रीले अनुसंन्धान गरेका प्राणी लगायतका जीवहरुको प्रतिवेदनहरु आफुमा मात्र सिमित नराखी समाज सहित अन्य क्षेत्रमा प्रसार गर्न आग्रह गर्नुभयो ।  उहाँले अनुसन्धानका लागि प्रदेश सरकारले नीति तथा कार्यक्रम तर्जुमा गरि सोही अनुसार अघि बढ्ने बताउदै यसका लागि बजेटको प्रवन्ध गर्ने समेत बताउनुभयो ।

मन्त्री कार्कीले प्राध्यापकहरुलाई आफ्नो क्षेत्रमा अब्बल हुनका लागि अनुसंधानमा ध्यान केन्द्रीत गर्न आग्रह गर्नुभयो । उहाँले प्रदेश सरकारले ‘ओपन जु’ को अवधारणा अघि सारेको बताउनुभयो । ओपन जुका लागि स्थान छनौटको लागि तयारीको काम भईरहेको समेत जानकारी दिनुभयो ।

कार्यक्रममा डा. आशिष कुमार घोष, प्रा.डा. राधाकृष्ण खेरवार, योगेन्द्र नारायण दास, प्रा.डा. रामबहादुर थापा, प्रा.डा. कालुराम राई, शुशिल कुमार झा, डा. भरतराज सुब्बा, डा. शिवनारायण यादव, राजेन्द्र प्रसाद यादव, मीना कुमारी देवलाई मन्त्री कार्कीले सम्मानित गर्नुभयो । प्रदेश स्तरिय गोष्ठिमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइराला, प्रा.डा.रामबहादुर थापाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।