नेपाली समय Loading...२०८१ बैशाख १९ बुधबार

सेना दिवसको अबसरमा ओखलढुङ्गामा म्याराथुन दौड

ओखलढुङ्गान्युज, फागुन २७, २०७७ ओखलढुङ्गा महाशिबरात्री तथा सेना दिवस २०७७ को अबसर पारेर विहिबार ओखलढुङ्गामा म्याराथुन दौडको आयोजना गरिएको छ । प्रतियोगितामा नेपाली सेनाका जवानहरु नै अब्बल रहदै ओखलढुङ्गाको जिरो पोईन्ट देखी रुम्जाटार सम्मको १३ किलोमिटर दुरी पार गरेका छन् ।

पुरुष तर्फ नेपाली सेना अरिदमन गण ओखलढुङ्गाका सिपाहीहरु ओम प्रकाश जोशी, राम कुमार पौडेल र लिलाराम थापा क्रमशः प्रथम दोश्रो र तेश्रो बनेका छन् । उनीहरुले म्याराथुन दौडको १३ किलोमिटर दुरी क्रमशः ३६.५१, ३८.२७ र ३८.४८ मिनेटमा पार गरेका थिए ।

त्यस्तै महिला तर्फपनि नेपाली सेना अरिदमन गण ओखलढुङ्गाका सिपाहीहरु दिप कुमारी घले, गंङ्गा राई र मनिशा चौधरी क्रमशः प्रथम, दोश्रो र तेश्रो भएका छन् । उनीहरुले क्रमशः ४६.२०, ४६.५६ र ४७.१८ मिनेटमा १३ किलोमिटर दुरी पार गरेका थिए ।

RUN FOR YOUR WON HEALTH भन्ने नाराका साथ नेपाली सेनाको अरिदमन गण ओखलढुङ्गाले म्याराथुन दौड प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न सरकारी कार्यालयका कर्मचारी, पत्रकार, शिक्षक, विद्यार्थीहरु सहित १ सय ८ जनाले सहभागीता जनाएका थिए ।

प्रतियोगिताका विजेताहरुलाई सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी वन्दना राई र नेपाली सेना अरिदमन गण ओखलढुङ्गाका गणपति विशाल सिंहले मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।