नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

एसईई परीक्षा जेठ १३ देखी

ओखलढुङ्गान्युज, फागुन २६, २०७७ काठमाण्डौं आगामी २०७८ सालको जेठ १३ गते देखी  २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)सन्चालन हुने भएको छ । केहिदिन अगाडी बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सन्चालन गर्ने निर्णय गरेको हो ।

निर्णय अनुसार आगामी एसईई राष्ट्रिय परीक्षा बोर्डले नै लिने छ । गत २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा पुनः बोर्डले नै लिने निर्णय गरेको थियो । गत वर्ष परीक्षा भने कोभिड–१९ को महामारीका कारण विद्यालयहरूले गरेको आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गरी नतिजा प्रकाशित गरिएको थियो ।

देश संघीयतामा गएपछि एसईई परीक्षाको व्यवस्थापन, सञ्चालन, अनुगमन, उत्तरपुस्तिका खरीद लगायतका सम्पूर्ण कामको जिम्मा प्रदेश सरकारले पाएको थियो । यद्यपि कानूनको अभावमा अझैसम्म पनि कक्षा १० को एसईई परीक्षा राष्ट्रिय स्तरमा सञ्चालन हुँदै आएको छ । एसईईको परीक्षा प्रदेशस्तरबाट सञ्चालन गर्नुपर्ने व्यवस्था भए पनि सरकारले यससम्बन्धी स्पष्ट कानून बनाउन सकेको छैन ।

संविधानले माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय सरकारलाई दिएको छ भने शिक्षा नीतिमा पनि कक्षा १० को परीक्षा प्रदेश मातहत राखिएको अनलाईन खबरले लेखेको छ ।