नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

आज १११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस

ओखलढुङ्गान्युज, फागुन २४, २०७७ ओखलढुङ्गा आज मार्च ८ अर्थात १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । नेपालमा पनि आज देशैभर महिलाको सुरक्षा, सम्मान र रोजगार ः समृद्ध नोपलको आधार भन्ने मूल नाराका साथ मनाईदैछ ।

नारी दिवस महिला जागरुकता सम्बन्धी दिवस हो । यो दिवसलाई ८ मार्च कै अबसर पारेर विश्वभर मनाउने प्रचलन छ । राजनितीक तवरवाट सुरु भएको भएतापनि अहिले महिला अधिकार, महिला सशक्तिकरण र समानता जस्ता सवालहरु अन्तराष्ट्रिय महिला दिवसको विषयहरु हुने गरेका छन् । यो दिवस सर्वप्रथम सन् १९०९ को फेब्रुअरी २८ मा मनाईएको थियो । जसको फलस्वरुप सन् १९१० मा महिलाहरुलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्धेश्यका साथ यसलाई अन्तराष्ट्रिय दर्जा प्रदान गरिएको थियो ।

आज विश्वभर झै ओखलढुङ्गा जिल्लाका विभिन्न स्थानीय तह तथा वडाहरुमा समेत विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको छ । दिवसको अबसर पारेर महिला समूह तथा सञ्जाल एवम् महिला अधिकारकर्मीहरुले सांस्कृतिक, जनचेतना मुलक कार्यक्रमहरुको आयोजना गरेका छन् । महिला दिवसको अवसर पारेर कोभिडका समयमा ज्यान गुमाउनेको सम्झना तथा महिलाहरुको सम्मान स्वरुप मोलुङ गाउँपालिकाको प्राप्चामा सोच नेपालले दिप प्रज्वलन गर्ने कार्यक्रम समेत तय गरेको छ ।