नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

सुन्दरीजल आईपुग्यो मेलम्चीको पानी

ओखलढुङ्गान्युज, फागुन २२, २०७७ काठमाण्डौं बहुचर्चित तथा प्रतिक्षामा रहेको मेलम्ची खानेपानी आयोजनाको पानी शनिवार सुन्दरीजल आइपुगेको छ । गत फागुन १० गते मेलम्चीको पानीलाई सुरुङमा हालिएको थियो । सुन्दरीजल आईपुगेको पानीको प्रधानमन्त्री केपी शर्मा ओलीले अबलोकन गर्नुभएको छ ।

अबलोकनका क्रममा शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेपछि औपचारिक रुपमा मेलम्चीको पानी सुन्दरीजलमा खसेको हो । पानी सुन्दरीजलमा आईपुगेपनि प्रशोधन केन्द्रमा भने हालिएको छैन । यो पानीलाई अहिले बागमती नदीमा खसालीएको छ । सुरुको पानी फोहोर सहित आउने भएकोले तत्काल प्रशोधन केन्द्रमा नहालिएको हो ।

लामो समय देखी देखेको सपना शनिवार पुरा भएको भन्दै प्रधानमन्त्री ओलीले काठमाडौंलाई पानी दिएकोमा मेलम्ची, हेलम्बु र सिन्धुपाल्चोकबासीलाई धन्यवाद दिनुभयो । अबको केही दिनमा काठमाण्डौंका घरघरमा पानी आउने समेत प्रधानमन्त्री ओलीले दाबी गर्नुभयो । मेलम्ची खानेपानी आयोजनाको कुरा चल्दा आफ्नो कपाल कालै रहेको, तर काम सम्पन्न हुँदा कतै कालो बाँकी नरहेको समेत प्रधानमन्त्री ओलीले बताउनुभएको थियो ।