नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

दुईलाख रुपैया घुस सहित फार्मेसी अधिकृत पक्राउ

ओखलढुङ्गान्युज, फागुन १३, २०७७ । विराटनगर । दुईलाख नगदै घुस लिदै गरेको अवस्थामा अख्तियारको टोलीले विराटनगरका फार्मेसी अधिकृतलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा औषधि व्यवस्था विभाग विराटनगरका फार्मेसी अधिकृत सरोज सुवेदी रहेका छन् ।

विशेष सूचनाका आधारमा पछ्याई रहेको अख्तियारको टोलीले बिहीबार अपरान्ह विराटनगर –३ स्थित एक होटलबाट फार्मेसी अधिकृत सुवेदीलाई पक्राउ गरेको हो । सेवाग्राहीबाट घुस रकम लिएलगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सुवेदीलाई पक्राउ गरेको हो।

केही समयदेखी बन्द भएको फार्मेसी सञ्चालनको लागि अनुमति दिने नाममा सुवेदीले दुई लाख घुस लिएको इटहरीबाट खटिएको अख्तियारको टोलीले जनाएको छ। अख्तियारको टोलीले थप अनुसन्धान भइरहेको जनाएको छ। पक्राउको बारेमा थप विवरण भने आउन बाकी रहेको छ ।