नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

संसद पुनस्थापना भएको खुशीयालीमा ओखलढुङ्गामा पनि द्विप प्रज्वलन

ओखलढुङ्गान्युज, फागुन ११, २०७७ । ओखलढुङ्गा । सर्बोच्च अदालतले संसद पुनस्र्थापना गरिदिएपछि ओखलढुङ्गामा पनि मंगलवार साँझ द्विप प्रज्वलन गरिएको छ । पुष ५ गते विघटित संसदलाई मंगलवार सर्वोच्च अदालतले पुनस्र्थापना गरिदिएको खुशीयालीमा द्विप प्रज्वलन गरिएको हो ।

जिल्ला सदरमुकाममाको गणेश चोकमा र मोलुङ गाउँपालिकाको शहिद पार्कमा नेकपाका प्रचण्ड–माधव समूहका नेता तथा कार्यकर्ता, नेपाली कांग्रेसका कार्यकर्ता र स्थानीय नागरिहरुले समेत सहभागीता जनाई खुशीयालीमा द्विप प्रज्वलन गरेका हुन । सहभागीहरुले गणेशचोकको गणेश मन्दिर अगाडी नेपालको चन्द्र सूर्य अंकित नक्शा बनाई त्यसमाथि मैनबत्ति बालेर द्विप प्रज्वलन गरेका हुन् ।

द्विप प्रज्वलन कार्यक्रममा सम्बोधन गर्दै नेकपा ओखलढुङ्गाका सचिवालय सदस्य एवम् चिशंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको सन्का पूर्ण असम्बैधानीक कदमको विरुद्धमा फैसला गर्दै अनिर्णयको बन्दिवाट देशलाई मुक्त गरेको भन्दै सर्बोच्च अदालतको प्रशंसा गर्नुभयो । देशलाई रक्तपात पूर्ण द्वन्द्वमा जानवाट अदालतले महत्वपूर्ण निर्णय गर्दै रोकेकोमा त्यसको खुशीयालीमा सदरमुकाममा द्विप प्रज्वलन गरेको बताउनुभयो ।

 त्यस्तै जिल्लाको मोलुङ गाउँपालिकाकाको बरुणेश्वर रामपुरमा रहेको सहित पार्कमा पनि द्विप प्रज्वलन गरि खुशीयाली मनाईएको छ । ओखलढुङ्गामा झैमंगलवार साँझ देशैभरका विभिन्न स्थानहरुमा सर्वोच्च अदालतले गरेको फैसलाको खुशीयालीमा द्विप प्रज्वलन गरिएको छ ।