नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

ओखलढुङ्गा क्याम्पस ओखलढुङ्गाका क्याम्पस प्रमुख र अध्यक्ष सम्मानित

ओखलढुङ्गान्युज, फागुन , २०७७ ओखलढुङ्गा ओखलढुङ्गा क्याम्पस ओखलढुङ्गाले श्रीपञ्चमीको विशेष अबसर पारेर क्याम्पसका दुईजना पूर्व क्याम्पस प्रमुख र व्यबस्थापन समितिका अध्यक्षलाई सम्मानित गरेको छ । सम्मानित हुनुहुनेहरुमा क्याम्पस व्यबस्थापन समितिका पूर्व अध्यक्ष भैर बहादुर श्रेष्ठ र क्याम्पसका पूर्व प्रमुख नारायण बहादुर सैजु रहनुभएको छ ।

सरस्वती पूजाको अवसर पारेर आयोजना गरेको विशेष कार्यक्रमका बिच क्याम्पस व्यबस्थापन समितिले उहाँहरुलाई सम्मान गरेको हो । सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. १ का अर्थ समितिका सभापति एवम् ओखलढुङ्गाका प्रदेश सांसद मोहन कुमार खड्का हिमशिखर, विशेष अतिथिहरु जिल्ला समन्वय समितिका प्रमुख जय बहादुर श्रेष्ठ, सिद्धिचरण नगपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठ तथा प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले सम्मान गर्नु भएको हो । कार्यक्रममा अतिथिहरुले खादक, माला, मायाको चिनो, दोसल्ला तथा कदरपत्र प्रदान गर्दै सम्मान गर्नुभएको हो ।

कार्यक्रममा सम्बोधन गर्दै बक्ताहरुले क्याम्पस स्थापना देखी अहिले सम्म उहाँहरुको योगदानको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा सम्बोधन गर्दै प्रदेश सभा अर्थ समितिका सभापति मोहन कुमार खड्काले क्याम्पसको विकासका लागि आफू सदैब तयार रहेको बताउदै आगामी दिनमा क्याम्पस भवनको स्तरोन्नतीका लागि कामलाई अगाडी प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसकालागि क्याम्पसले प्रकृया पुर्याएर अगाडी बढ्न समेत सुझाव दिनुभएको थियो ।

कार्यक्रममा सम्मानित हुनुभएका सैजुले क्याम्पस स्थापना भएदेखी निरन्तर ३५ वर्ष सम्म क्याम्पसको जिम्मेवारी सम्हाल्दै केही समय अगाडी मात्रै सेवा निवृत्त हुनुभएको थियो । ओखलढुङ्गा क्याम्पस ओखलढुङ्गामा विभिन्न संकायहरुमा प्रमाणपत्र तह देखी स्नातकोत्तर तह सम्म अध्यापन हुदै आएको छ ।