नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

खाना पकाउने ग्यासको मूल्य बढ्यो

ओखलढुङ्गान्युज, माघ २९, २०७७ काठमाण्डौं बुधबारवाट सरकारले खाना पकाउने ग्यास तथा पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । यो बढेको मूल्य बुधबार राति १२ बजेदेखि लागू हुने जनाईएको नेपाल  आयल गिमले जनाएको छ ।

पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि भएको छ । योसँगै अब काठमाडौंमा पेट्रोलको मूल्य ११२ र डिजेल, मटितेलको ९५ रुपैयाँ पुगेको छ । त्यस्तै आना पकाउने ग्यासको मूल्य पनि अब बढेर प्रति सिलिन्डर १४ सय रुपैयाँ पुगेको छ । आयल निगमले सिलिन्डरमा २५ रुपैयाँ मूल्य बढाएको हो ।

पेट्रोलियम पद्धार्थको मूल्य बढेपनि निगमले तत्कालका लागि हवाई इन्धनको मूल्य भने बढाएको छैन । बुधबार राति मूलय बढाईएपनि निगमलाई अझै पेट्रोलमा प्रति लिटर ५.१६ रुपैयाँ, डिजेलमा प्रतिलिटर ३.०१ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डर २९५.८३ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । यसअनुसार १५ दिनमा निगमको घाटा ७३.८७ करोड रहने निगमले जनाएको छ ।