नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

यो सिजनमा पहिलो पटक ओखलढुङ्गामा हिउ

ओखलढुङ्गान्युज, माघ २५ २०७७ । ओखलढुङ्गा । ओखलढुङ्गामा शनिवार दिउसो पानी परे सगै दिउसैदेखि जिल्लाका माथिल्लो भेगमा बाक्लो हिमपात भएको छ । हिमपातका कारण जिल्लाको माथिल्लो भेगको जनजीवन प्रभावित भएको छ ।

हिमपातका कारण शनिवार बेलुकी देखी आईतवार सिद्धिचरण राजमार्ग  अन्तर्गत ओखलढुङ्गा देखी सोलुखुम्बु सम्मको यातायात अबरुद्ध भएको छ । ओखलढुङ्गा र सोलुखुम्बुको सीमाक्षेत्रमा गतवर्ष करीब दुई फिट बाक्लो हिउँ परेपनि गतवर्षको तुलनामा भने हिमपात कम भएको छ । हिपातका कारण सवारी साधन सञ्चालनमा केही कठिनाइ भएको छ ।

राजमार्ग अबरुद्ध भएका कारण ओखलढुङ्गा हुदै दुईपांग्रे चारपांग्रे सवारी साधनको प्रयोग गरि सोलुखुम्बु जाने तथा सोलुखुम्बुवाट ओखलढुङ्गा हुदै काठमाण्डौ तथा तराईका जिल्लाहरुमा जाने सवारी साधनका यात्रुहरुलाई समस्या भएको छ । हिउँ परेपछि जिल्लाका तल्लो भेगका सर्वसाधारणहरु भने हिउँ खेल्नका लागि पत्ताले, ठाडे, जन्तरधाप पुगेका थिए ।  

हिमपातसँगै बढेको यहाँको तापक्रम सुन्यमा झरेको छ । चिसोले गर्दा सर्वसाधारण घरवाट बाहिर निस्कन सकेका छैनन् । जिल्लाको उत्तरी क्षेत्र सिद्धिचरण नगरपालिकाको वडा नं. ६ र ७, मोलुङ्ग गाउँपालिकाको तथा खिजीदेम्वा गाउँपालिकाको माथिल्लो भागका वडामा हिमपात भएको छ ।