नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

१० जना पत्रकारलाई ईटहरी उपमहानगरको फेलोशिप लेखनवृत्ती  

ओखलढुङ्गान्युज, माघ २२, २०७७ ईटहरी इटहरी उपमहानगरले इटहरीका १० जना पत्रकारलाई फेलोशिप लेखनवृति प्रदान गरेको छ । नेपाल पत्रकार महासंघ सुनसरीको समन्वयमा १० जना पत्रकारलाई लेखनवृति वापतको रकम हस्तान्तरण गरिएको छ ।

उपमहानगरपालिकाले केही समय अगाडी फेलोशिपका लागि पत्रकारहरुका लागि एक सूचना समेत जारी गर्दै प्रस्तावना आव्हान गरेको थियो । प्रस्तावना अनुसार १० जना पत्रकारले इटहरीको विकास गतिविधिका वारेमा खोज अनुसन्धान गरि फिचर तयार गरेका थिए ।

खोज अनुसन्धान गरि फिचर तयार गर्ने पत्रकारहरुलाई एक कार्यक्रमका विच उपमहानगरका प्रमुख द्वारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले १८ हजारका दरले लेखनवृति प्रदान गर्नुभएको हो । उपमहानगरको आयोजनामा लेखनवृति प्राप्त गरेका १० जना पत्रकार तथा अन्य १५ जना गरि २५ जना पत्रकारलाई दुईदिने फिचर लेखन तालिम समेत सम्पन्न गरिएको छ ।

इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले इटहरीका संचारमाध्यमले इटहरीको विकास निर्माण र सम्वृद्धिमा पुरयाएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो । उपप्रमुख लक्ष्मी गौतमले इटहरीका सवै सञ्चारमाध्यमको हितमा उपमहानगर लागि पर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा ईटहरीकी उपाध्यक्ष सुभद्रा प्याकुरेलले इटहरी उपमहानगरले मिडिया क्षेत्रमा गर्दै आएको बताउदै सहयोगका लागि उपमहानगरलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।