नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

शोमबार मध्यरात काठमाण्डौंका सडकमा सेनाको बख्तरबन्द गाडी

ओखलढुङ्गान्युज, माघ २०, २०७७ काठमाण्डौं शोमबार मध्यरातमा काठमाण्डौंका सडकमा नेपाली सेनाले आफ्ना बख्तरबन्द गाडीलाई निकालेको छ । नेपाली सेनाले चक्रपथको क्षेत्रमा हतियार सहितका बख्तरवन्द गाडीलाई कुदाएको हो ।

लामो समय पछि नेपाली सेनाले सडकमा यसरी बख्तरवन्द गाडीहरु निकालेर सडकमा अभ्यास गरेको बताईएको छ । पुष ५ गते नेपालमा प्रतिनिधिसभा विघटनसँगै राजनीतिक अवस्था तरल रहेको बेला सेनाले बख्तरबन्द गाडीको अभ्यास गर्नु अर्थपूर्ण भएको सेना सम्बन्धि जानकारहरुले बताएका छन् । तर जंगीअड्डाले भने यसलाई मेकनाइज्ड युनिटबाट भएको नियमित अभ्यास भनेको छ ।

नेपाली सेनाको जंगीअड्डाले भने विनाजानकारी बख्तरबन्द गाडी सडकमा निस्किँदा नागरिकस्तरमा नकरात्मक सन्देश जान सक्ने भएकाले पहिले नै सूचना प्रवाह गरेर अभ्यास गरिएको बताएको छ । सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले यसलाई नियमित अभ्यासको रुपमा मात्र हेरिदिन भनेका छन् ।

काठमाडौंको सीतापाइलाबाट निस्केको नेपाली सेनाको १० ओटा हतियार सहितको बख्तरबन्द गाडीले सोमबार मध्यराति चक्रपथ परिक्रमा गरेको थियो । पहिला पनि काठमाडौंको चोभारबाट सीतापाइलासम्म साताको दुई दिन बिहान ट्राफिक जाम नभएको बेला अभ्यास गरिने गरेको नेपाली सेनाले जनाएको छ ।