नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

५६ जना यात्रु सहित ईण्डोनेसियाको बोईङ विमान बेपत्ता

ओखलढुङ्गान्युज, पुष २६, २०७७ काठमाण्डौं यात्रु सहित ६२ जनालाई लिएर इन्डोनेसियाको राजधानी जकार्ताबाट उडेको बोइङ विमान वेपत्ता भएको छ। ७ बालबालिका र ६ जना क्य्रु मेम्बर सहित श्रीविजय एयरको उक्त विमान  पोन्टियानका लागि उडान भरेको बताईएको छ ।

२७ वर्ष पुरानो बोइङ ७३७–५०० नामको विमान करिब १० हजार फिट माथी उडेपछि बेपत्ता भएको इन्डोनेसियाका सरकारी अधिकारीले जनाएका छन् । वेपत्ता भएको उक्त विमान दुर्घटनाग्रस्त अवस्थामा समुद्रमा खसेको दावी गरिएको छ।

ईण्डोनेशियाका नौसेनाले जहाजको अवशेष हुनसक्ने सामग्री समुद्रमा फेला पारिएको र दुर्घटनास्थल थाहा लागेको दावी गरेका छन् । यद्यपी शनिबारदेखि हराइरहेको उक्त विमानबारे अझै थाहा लागिसकेको भने छैन ।

पछिल्लो विमान दुर्घटनाले इन्डोनेसियाको हवाई सुरक्षामाथि अब गम्भीर प्रश्न खडा हुने आंकलन भएको छ। सन् २०१८ मा भएको भयानक विमान दुर्घटनापछि त्यहाँको वायुसेवा प्रदायकमाथि कडा निगरानी राखिएको थियो।