नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

अमेरिकाको राजधानीमा हिंसात्मक आक्रमण, कम्तिमा चारको मृत्यु

ओखलढुंगान्युज, पुष २३, २०७७ । काठमाण्डौं । अमेरिकाको राजधानीमा हिंसात्मक आक्रमण भएको छ । त्यहाँ भएको हिंसात्मक आक्रमणमा परि ज्यान गुमाउनेको संख्या चार पुगेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले संसद् भवन भित्र गरेको आक्रमणको क्रममा एक महिलाको गोली लागेर तथा अन्य तीनजनाको अस्पताल लैजाँदै गर्दा निधन भएको वासिंगटन प्रहरीले जनाएको छ।

रिपलिब्कन र डेमाक्रेटिक पार्टी कार्यालयबाट दुईवटा पाइप बम बरामद भएको पनि प्रहरीले जनाएको छ। मृत्यु हुनेमा एक नाभी अफिसर पनि छन् । डिसीका मेयरले १५ दिनको लागि सार्वजनिक आपतकाल लगाउने निर्णय गरेका छन् । बिहान ६ बजेसम्म कर्फ्यू आदेश गरिए पनि त्यसलाई उल्लंघन गर्दै लगातार हिंसात्मक प्रदर्शन भइरहेका छन् ।

राजधानीमा भएको झडपमा परि त्यहाँका १४ जना सुरक्षाकर्मी घाइते भएका छन् । अहिलेसम्म प्रहरीले ५२ जना भन्दा बढीलाई पक्राउ गरेको छ। त्यसमध्ये ४७ जना कर्फ्यू उल्लंघन गरेका कारण पक्राउ परेका हुन् ।

थाहाखबरवाट