नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

सोलुखुम्बुमा यो सिजनकै पहिलो हिमपात

ओखलढुङ्गान्युज, पुष २१, २०७७ । ओखलढुङ्गा । सोलुखुम्बु जिल्लाको माथिल्लो क्षेत्रमा यो सिजन कै पहिलो पटक हिमपात भएको छ । जिल्लाको खुम्बु क्षेत्र, पत्ताले, पिके डाँडासहितका क्षेत्रमा मङ्गलबार हिमपात भएको स्थानीयले बताएका छन् ।

खुम्बुको नाम्चे, खुम्जुङ सहितका क्षेत्रमा विहानै देखि हिमपात हुन थालेको स्थानीयले बताएका छन् । स्थानीयहरुका अनुसार नाम्चे बजारमा भने मंगलवार दिउसो देखि हिमपात सुरु भएको छ । सोलुखुम्बुको थामे, त्याङबोचे, कोङदे, खुम्जुङ लगायतका क्षेत्रमा गए रातिदेखि नै हिमपात भएको थियो । हिमपातका कारण खुम्बुको तल्लो भेगमा तथा नाम्चे, लुक्ला लगायतका ठाउँबाट देखिने डाँडाहरू सेताम्मे बनेको छ ।

हिमपात भएसँगै स्थानीयबासी भने खुसी भएका छन् । हिउँ परेपछि क्रमशः चिसो घट्दै जाने तथा हावाहुरीसमेत कम चल्ने तथा बालीनाली लगाउन उपयुक्त हुने स्थानीयले बताएका छन् । अघिल्लो वर्ष मङ्सिरको दोश्रो हप्तादेखि हिउँ पर्न थालेको भए पनि यस वर्ष पुस तेश्रो हप्तामा मात्रै हिउँ परेको हो ।

सोलुमा हिमपात भएसँगै ओलखढुङ्गाको तल्लो क्षेत्र पिके डाँडा, पत्ताले, ओखलढुङ्गाको जन्तरधाप लगायतका क्षेत्रमा पनि सामान्य हिमपात भएको छ ।