नेपाली समय Loading...२०८२ जेष्ठ ७ मंगलवार

जिल्लान्तर शिक्षक सरुवा रोक्का

ओखलढुङ्गान्युज, पुष २१, २०७७ । काठमाण्डौं । सरकारले सामुदायीक विद्यालयका शिक्षकहरुको अन्तर जिल्ला सरुवा रोक्का गरेको छ । जिल्लामा रहेका शिक्षकहरुको दरबन्दी मिलान कार्यका लागि भन्दै शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको जनाएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शोमबार एक सूचना जारी गर्दै शिक्षक दरबन्दी मिलान कार्यका लागि जिल्लान्तर सरुवा अर्को सूचना जारी नभएसम्मका लागि रोकेको जनाएको छ । तर केन्द्रको पूर्व अनुमतिमा जिल्लाभर भने सरुवा हुन सक्नेछन् ।

शोमबार जारि गरिएको सूचना पत्रमा भनिएको छ– ‘शिक्षक सेवा आयोगबाट स्थायी पदपूर्तिका लागि जिल्लागत विवरणसमेत प्राप्त भएको सन्दर्भमा शिक्षक दरबन्दी मिलान कार्यका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पूर्व अनुमतिमा गरिने जिल्लाभर सरुवाबाहेक सबै तह र श्रेणीका शिक्षकहरुको जिल्लान्तर सरुवा अर्को सूचना प्रकाशित नभए सम्मका लागि रोक्का राखिएको व्यहोरा जानकारी गराइन्छ।’