नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

अमेरिकामा कोरोना संक्रमणको नयाँ रेकर्ड कायम

ओखलढुङ्गान्युज, पुष २०, २०७७ । विदेश । शोमबार बितेको पछिल्लो २४ घण्टामा अमेरिकामा कोरोना संक्रमणले नयाँ रेकर्ड बनाएको छ । रेकर्ड अनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा झण्डै तीन लाख मानिसमा संक्रमण भएको पुष्टि भएको छ ।

यो कोरोना संक्रमण सुरु भएयताकै सर्वाधिक संख्या भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकामा हालसम्म २ करोड ११ लाख १३ हजार पाँच सय २८ जनामा कोरोना देखिएको छ। जसमध्ये ३ लाख ६० हजार ७८ जनाको ज्यान गएको छ भने संक्रमणमुक्त हुनेको संख्या संख्या १ करोड २४ लाख ३६ हजार नौ सय ५८ जना छन्।

हालसम्म विश्वमा कोरोनाबाट ८ करोड  ५४ लाख ९८ हजार ५ सय ९५ संक्रमित भइसकेका छन्। कुल १८ लाख ५० हजार हजार ६ सय ५ व्यक्तिको यसबाट ज्यान गइसकेको छ । विश्वमा हालसम्म ६ करोड ४ लाख ५१ हजार ९ सय ८४  जना संक्रमणमुक्त भइसकेका छन्।

-थाहाखबर डटकम वाट