नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

प्रदेश नं. १ ः नेकपा संसदिय दलका नेता राजभण्डारी कार्बाहीमा

ओखलढुङ्गान्युज, पुष २०, २०७७ । विराटनगर । नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रदेश नं. १ का संसदिय दलका नेता बुद्धि कुमार राजभण्डारीलाई कार्बाही गर्ने निर्णय गरेको छ । आइतवार बसेको नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको बैठकले दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीलाई कारबाही गर्ने निर्णय गरेको हो ।

राजभण्डाीलाई कार्बाही गरेपछि प्रमुख सचेतकको काम अब सचेतक सौभाग्यवती राईले गर्ने निर्णय भएको स्रोतले बताएको छ । यस्तै बैठकले प्रदेशसभा कार्यब्यबस्था समितिमा बुद्धिकुमार राजभण्डारी र इन्द्रमणी पराजुलीलाई फिर्ता बोलाएर लिलाबल्लभ अधिकारी र उपेन्द्र घिमिरेलाई पठाउने निर्णय पनि गरेको छ ।

आइृतबार नै संसदीय दलले संसदीय दल बोर्ड पनि गठन गरेको छ । बोर्डमा संसदीय दलका नेता भीम आचार्य, उपनेता टंक आङ्बुहाङ, सचेतक शौभाग्यवती राई, अन्य नेताहरु राजेन्द्र राई, धिरेन्द्र शर्मा (रमण), इन्द्र बहादुर आङ्बो (मौसम), जीवन घिमिरे रहेका छन् ।

सदस्यसचिवमा भने तुलसी न्यौपाने रहेका छन् । बोर्डमा संसदीय दलका नेता, उपनेता र सचेतक पदेन सदस्य रहने छन् भने पार्टीका केन्द्रीय सदस्य र सांसदहरुमध्येबाट ११ जनालाई अन्य सदस्यको रुपमा छानिएको हो ।