नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

प्रदेश १ ले अपाङ्गता रोकथाम तथा पुर्नस्थापनालाई निरन्तर दिन्छ ः मन्त्री कार्की

ओखलढुङ्गान्युज, पुष १९, २०७७ विराटनगर अपाङ्गता रोकथाम तथा पुर्नस्थापनालाई प्रदेश सकारले निरन्तरता दिने भएको छ । अपाङ्गता भएका व्यक्तिहरुका लागि समुदायमा आधारित पुर्नस्थापना कार्यक्रमका लागि आइतवारदेखि विराटनगरमा सुरु भएको तालिमको उद्घाटन गर्दै सामाजिक विकास एवं आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले यस्तो बताउनुभएको हो ।

तालिम उद्घाटन गर्दै मन्त्री कार्कीले अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम प्रदेश सरकारले निरन्तर रुपमा सञ्चालन गर्ने बताउनुभयो । अपाङ्गता न्युनीकरण गर्ने प्रदेशको योजना अनुसार अपाङ्ता भएका व्यक्तिहरुका लागि सञ्चालन भएको ४५ दिने तालिम कार्यक्रम प्रभावकारी बन्ने मन्त्री कार्कीले विश्वास व्यक्त गर्नुभयो ।

प्रदेश १ सरकारले गत आर्थिक वर्षदेखी सुरु गरेको अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम यो आर्थिक वर्ष सम्म प्रदेशको ६९ स्थानीय तहसम्म विस्तार गरेको छ । प्रदेश १ ले उक्त कार्यक्रम गत आर्थिक वर्षमा ३८ जिल्लामा लागू गरेको थियो भने यो आर्थिक वर्षमा थप ३१ ओटा स्थानीय तहमा विस्तार गरको हो ।

अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम अन्तर्गत प्रदेश सरकार, स्थानीय सरकार र करुणा फाउण्डेसन वीचको सहकार्यमा तीन बर्षे कार्यक्रम शुरु गरिएको हो । मोरङ, सुनसरी, धनकुटा र पाँचथरका स्थानीय तहबाट गत बर्ष कार्यक्रम शुरु गरिएको थियो । चालु आर्थिक बर्षमा मोरंग, सुनसरी, संखुवासभा र भोजपुरका थप स्थानीय तहका कार्यक्रम शुरु गरिएको हो । इलामका १० र सुनसरीको बराहक्षेत्रमा यसअघि देखि नै कार्यक्रम सञ्चालनमा छ ।