नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर १ को ऐतिहासिक जित

ओखलढुंगान्युज, पुष १९, २०७७ । काठमाण्डौं । आईतवार सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर १ ले ऐतिहासिक जित हासिल गरेको छ । दाङको लमहीमा भएको फाइलन प्रतिष्पर्धामा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ६ रनले हराउँदै प्रदेश १ ले उपाधि जितेको हो ।

फाईनल प्रतिष्पर्धामा प्रदेश १ ले एपीएफका लागि १ सय ६ रनको विजय लक्ष्य दिएको थियो । विजयी लक्ष्य पछ्याएको एपीएफले २० ओभरमा ७ विकेट गुमाएर ९९ रन मात्रै बनाउन सक्यो । जसका कारण विजय हुने अन्तिम चरणमा एपीएफले आफुलाई उपविजेतामा मात्रै सिमित रहन बाध्य भयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले २० ओभरमा चार विकेट गुमाएर १ सय ५ रन बनाएको थियो । उपाधिसँगै प्रदेश १ ले पाँच लाख रुपैयाँ पुरस्कार पाएको छ । उपविजेता बनेको एपीएफले तीन लाख प्राप्त गरेको छ । त्यस्तै सेमिफाइलनमा पराजित भएका लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशले २५/२५ हजार रुपैयाँ पाएका छन् ।

प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजना तथा नेपाल क्रिकेट सङ्घ क्यानको प्रादेशिक संरचना लुम्बिनी प्रदेशको व्यवस्थापनमा सम्पन्न भएको हो ।