नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

प्रधानमन्त्री कप महिला क्रिकेटमा प्रदेश १ को दोश्रो जित

ओखलढुङ्गान्युज, पुष १६, २०७७ काठमाण्डौं बुधबार भएको प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा प्रदेश नं. १ ले जित हासिल गरेको छ । प्रयिोगितामा प्रदेश १ ले सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले हराउदै जित हासिल गरेको हो।

बुधबारको विजेता बन्दै लगातार दोस्रो जितसँगै प्रदेश १ ले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । दाङको लमहीमा भएको प्रतियोगितामा सुदूरपश्चिमले दिएको ५४ रनको लक्ष्य प्रदेश १ ले १५ ओभर १ बलमा ५ विकेट गुमाएर भेटायो । खराब मौसमका कारण १६ ओभरमा छोट्याइएको खेलमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिममले ८ विकेट गुमाएर ५३ रन बनाएको थियो ।

समूह १ बाट विभागिय टिम एपीएफ र लुम्बिनी प्रदेश सेमिफाइलनमा पुगिसकेका छन् । समूह बी बाट अहिलेसम्म सबै टोलीले सेमिफाइलनको सम्भावना कायमै राखेका छन् ।