नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

नेकपा ओखलढुंगाको पार्टी कार्यालयमा ओली समूहको ताला

ओखलढुंगान्युज, पुष १२, २०७७ । ओखलढुंगा । नेपाल कम्युनिष्ट पार्टी ओखलढुंगाको पार्टी कार्यालयमा प्रधानमन्त्री ओली समूहले ताला लगाएको छ । ओली समूहका केी युवाहरुले आईतवार विहानै पार्टी कार्यालय पुगेर ताला लगाएका हुन् ।

पार्टी कार्यालयमा ताला लगाएपछि झडप हुन सक्ने आशंकामा अहिले पार्टी कार्यालय आसपासको क्षेत्रको सुरक्षा ब्यबस्था कडा पारिएको छ । उक्त क्षेत्रको सुरक्षा व्यबस्थाका लागि नेपाल प्रहरी सशस्त्र प्रहरीको टोली तैनाथ गरिएको छ । कार्यालयमा तालाबन्दी गरेपछि ओली समूहका केही युवाहरु पार्टी कार्यालयकै आसपासमा बसेका छन् भने प्रचण्ड र नेपाल समूहका कोही पनि नेताहरु अहिले त्यहाँ गएका छैनन् ।

पार्टी कार्यलयमा तालाबन्दी गरेको सूचना पाएपछि अहिले पार्टी कार्यालयमा आफु पुगेको नेकपाका नेता नेत्र प्रसाद भट्टराईले जानकारी दिनुभयो । आफुहरुले शुक्रबार पार्टी कार्यालय बन्द गएर गएको र आईतवार पार्टी कार्यालय खुल्नु अगाबै केही युवाहरुले कार्यालयको गेट र सटरमा थप ताला लगाएको नेता भट्टराईले जानकारी दिनुभयो ।

नेकपाको केन्द्रको विवाद हुदा संसद विघटन भएपश्चात त्यसको छर्का ओखलढुंगामा पनि आईपुगेको हो । नेकपा ओखलढुंगाको १ सय ३५ जनाको जिल्ला कमिटिको टिममा प्रचण्ड नेपाल समूहमा १ सय १० जना रहेको प्रचण्ड नेपाल समूहले दावी गर्दै आएको छ ।