नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

जसपाले जलायो राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला

ओखलढुङ्गान्युज, पुष १०, २०७७ ओखलढुङ्गा जनता समाजवादी पार्टी ओखलढुङ्गाले ओखलढुङ्गामा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ । संसद विघटन गरेको विरोधमा जसपाले ओखलढुङ्गाको गोरुमारे भञ्ज्याङ्गमा पुत्ला जलाएको हो ।

पार्टी केन्द्रीय समितिको पूर्वघोषित कार्यक्रम अनुसार नै जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ताले ,ओखलढुङ्गाको सदरमुकाम स्थित मिलनचोक (गोरुमारेभञ्ज्याङ्ग) मा राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध चर्का शव्दमा नाराबाजी गर्दै पुत्ला जलाएका हुन् । असम्बैधानिक ढंगले संसदको विघटन गरि आमनागरिकहरुको विश्वासको मतलाई अपमान गरेको तथा महामारीको बेला देशलाई थप आर्थिक भार तर्फ धकेलेको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको जसपाले जनाएको छ ।

संसद विघटनको विरोधमा पुस ८ गते विरोध जुलुस प्रदर्शन गरेको जनता समाजवादी पार्टीले शनिबार मसाल जुलुस तथा आइतबार बिरोध र्याली प्रदर्शन गर्ने कार्यक्रम रहेको जनाएको छ। पुत्ला दहन पश्चातको कोण सभालाई जनता समाजवादीका अध्यक्षद्वय नेत्र बहादुर नेम्वाङ नरेश र खेम खड्काले सम्बोधन गरेका थिए ।