नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

नेकपाको दाहाल–नेपाल समूह निर्वाचन आयोगमा, सुरक्षा व्यबस्था कडा

ओखलढुङ्गान्युज, पुष १०, २०७७ काठमाण्डौं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल पक्षका सबै केन्द्रीय सदस्यहरु र निवर्तमान सांसदहरु माइतीघरको प्रदर्शनपछि निर्वाचन आयोग पुगेका छन् । दाहाल–नेपालको समूह समूह विभिन्न नारा जुलुससहित निर्वाचन आयोग पुगेको हो ।

हजारौ प्रदर्शनकारीहरू सहित निर्वाचन आयोग कार्यालय भएको क्षेत्रमा यो समूह जादै गर्दा यस क्षेत्रको सुरक्षा व्यवस्थालाई अत्यन्तै कडा बनाइएको छ। निर्वाचन आयोग पुगेर आफु वैधानिक नेकपा भएको र आफूहरूसँग बहुमत रहेको प्रमाणित गर्ने मंगलबार र बिहीबार बसेको नेकपाको केन्द्रीय कमिटी बैठकले आयोगमा जाने निर्णय गरेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन विरुद्ध नेकपा दाहाल–नेपाल समूहले आज शुक्रबार देखी आन्दोलन शुरु गरेको छ।  दाहाल–नेपाल पक्षले आज काठमाडौँको माइतीघरबाट आन्दोलन शुरु गरेको हो । आन्दोलन कार्यक्रममा नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल अमृत बोहोरा, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु प्रदर्शनमा सहभागी भएका छन् ।

निर्वाचन आयोगको कार्यालय पुगेर फर्किएपछि आज नै प्रचण्ड–नेपाल पक्षले दिउसो २ बजे कार्की बैङ्क्वेटमा पत्रकार सम्मेलनको समेत आयोजना गर्दै छ।