नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

संसद विघटनको विरोधमा ओखलढुङ्गामा जसपाको प्रदर्शन

ओखलढुङ्गान्युज, पुष ८, २०७७ । ओखलढुङ्गा । संसद विघटनको विरोधमा जनता समाजवादी पार्टीले देशभर प्रदर्शन गरेको छ। ओललिे गरेको संसद विघटनको विरोधमा जनता समाजवादी पार्टीले ओखलढुङ्गा जिल्ला सदरमुकाममा पनि बुधबार विरोध प्रदर्शन गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि त्यसविरुद्ध जसपाले आन्दोलन घोषणा गरेको थियो । आन्दोलनको घोषित कार्यक्रम अनुसार बुधबार ओखलढुङ्गा सदरमुकामका साथै जिल्लाको खिजिदेम्बा गाउँपालिका मुकाम खिजिफलाटेमा पनि उसले बिरोध प्रदर्शन गरेको छ ।

विरोध प्रदर्शन कार्यक्रममा सहभागी भएका करीब जनता समाजवादीका दुई दर्जन नेता तथा कार्यकर्ताहरुले सरकार विरुद्ध नारावाजी गर्दै पार्टी कार्यालय रामबजार देखी गणेशचोक सम्मको बजार परिक्रमा समेत गरेका थिए । बजार परिक्रमाका क्रममा भएको कोण सभालाई जनता समाजवादी पार्टीका प्रदेश सदस्य धिरेन्द्र रुम्दाली, जिल्ला अध्यक्ष नेत्र बहादुर नेम्वाङ नरेश लगायत जिल्ला नेताहरुले सम्बोधन गर्दै ओलीको कदमको विरोध जनाएका थिए ।

संसद विघटनको विरोधमा आगामी पुस १० गते राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने कार्यक्रम जनता समाजवादी पार्टीले घोषणा गरेको छ । त्यस्तै पुस ११ गते मसाल जुलुस निकाल्ने कार्यक्रम रहेको समेत जनता समाजवादी पार्टीले तय गरेको छ ।