नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

प्रदेश १ मा बुधबार ३५ संक्रमित थपिए, २८६ डिस्चार्ज

ओखलढुङ्गान्युज, पुष , २०७७ विराटनगर प्रदेश १ मा बुधबार ३५ जना कोरोना भाईरसका संक्रमित थपिएका छन् । थपिनेहरुमा मोरंगमा १९, झापामा ६, सुनसरीमा ५, ते¥हथुम र इलाममा १–१ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यस्तैगरि प्रदेश नं. १ मा बुधबार २ सय ८६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २ सय ८३ र विराट मेडिकल कलेजबाट ३ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजार ७ सय ८१ पुगेको छ ।

प्रदेश १ मा बुधबार पछिल्लो २४ घण्टामा ४ सय ७४ जनाको पीसीआर परीक्षण गरिएका मध्ये १३ महिला र २२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ६ हजार २४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । त्यस्तै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार ५ सय २४ पुगेको छ ।