नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

नेकपाको वली खेमामा ओखलढुङ्गावाट ५ केन्द्रिय सदस्य मनोनित

ओखलढुङ्गान्युज, पुष ८, २०७७ । ओखलढुङ्गा । प्रधानमन्त्री केपी शर्मा वलीको नेकपाको टिमले ओखलढुङ्गावाट ५ जनालाई केन्द्रिय सदस्यमा मनोनित गरेको छ । वली समूहको मंगलबार बालुवाटारमा बसेको केन्द्रिय समितिको बैठकले ओखलढुङ्गाबाट ५ जनालाई केन्द्रिय सदस्यमा मनोनित गरेको हो ।

ओखलढुङ्गाबाट केन्द्रिय सदस्य बन्न सौभाग्य पाउनेहरुमा पूर्व माओवादीवाट निर्वाचित पूर्व बालकृष्ण ढुङ्गेल, पूर्व एमालेवाट मनोनित समानुपातिक सभासद शकुन्तला राजभण्डारी, नेता नानीबाबु बुढाथोकी रहेका छन् । त्यस्तै प्रदेश नं. १ का भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ र सिद्धिचरण नगरपालिकाका मेयर मोहन कुमार श्रेठले पनि केन्द्रिय सदस्य बन्ने सौभाग्य पाएका छन् ।

मंगलबार मनोनित भएका केन्द्रिय सदस्यहरुमा १ जना बालकृष्ण ढुङ्गेल बाहेक सबै पूर्व एमालेका रहेका छन् । केन्द्रिय सदस्यमा मनोनित भएकाहरु मध्ये ३ जना सिद्धिचरण नगरपालिकाका र दुईजना लिखु गाउँपालिकाका रहेका छन् ।