नेपाली समय Loading...२०८१ बैशाख २२ शनिबार

वलीलाई हटाउदै नेपाललाई अध्यक्ष बनाउने प्रचण्ड–माधव समूहको निर्णय

ओखलढुङ्गान्युज, पुष , २०७७ काठमाण्डौं नेकपाको प्रचण्ड–माधव समूहको केन्द्रिय समितिको बैठकले वर्तमान अध्यक्षलाई केपी शर्मावलीलाई कार्बाही गर्दै पार्टीवाट हटाएको छ । वलीलाई हटाउदै अब नेकपाको नयाँ केन्द्रिय अध्यक्षमा माधव कुमार नेपाललाई चयन गरेको छ ।

आज मंगलबार बबरमहलस्थित कार्की ब्याङक्वेटमा भएको बैठकले वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा नेपाललाई अध्यक्षमा सर्वसम्मत ढंगले चयन गरेको हो । नेपाललाई अध्यक्ष बनाउने नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहको निर्णयमा केन्द्रीय कमिटी सदस्य प्रभु साहले भने विरोध जनाएका छन् ।

कार्की पार्टी प्यालेसको बैठकले निर्णय गरेपछि साहले विरोध जनाएका थिए । तर प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रस्ताव पारित भइसकेको भन्दै उक्त विषयमा छलफल नहुने बताए । साहले दुईवटा अध्यक्ष बनाउँदा नौटंकीजस्तो हुने भन्दै एउटै अध्यक्ष बनाउनुपर्ने धारणा राखेका थिए ।