नेपाली समय Loading...२०८१ बैशाख २२ शनिबार

नेकपाका दुई तिहाई केन्द्रिय सदस्य प्रचण्ड–नेपाल समूहमा

ओखलढुङ्गान्युज, पुष , २०७७ काठमाण्डौं राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेसँगै नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी वली र अर्का अध्यक्ष प्रचण्ड– माधव समूहका केन्द्रिय सदस्यहरुको मंगलबार छुट्टाछुट्टै बैठक सम्पन्न भएको छ ।

केन्द्रिय समितिको बैठकबाट प्रचण्ड– माधव समूहले अध्यक्ष केपी शर्मावलीलाई अध्यक्ष पदवाट हटाएका छन् भने वलीको समूहले प्रबक्ता हटाएको छ । मंगलबार भएको दुई छुट्टा छुट्टै बैठकमा नेकपाका दुई तिहाई भन्दा बढि केन्द्रिय सदस्य प्रचण्ड– माधव समूहमा सहभागी भएका छन् ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बोलाएको केन्द्रीय कमिटी बैठक बबरमहलस्थित कार्की ब्याङक्वेटमा चलिरहेको छ । बैठक स्थलमा राखिएको पुस्तिकामा ३१० केन्द्रीय सदस्यले हस्ताक्षर गरेको पाइएको छ । यो संख्या नेकपाको वर्तमान केन्द्रीय कमिटीको दुई तिहाइभन्दा पनि बढी हो ।