नेपाली समय Loading...२०८१ बैशाख २२ शनिबार

चिशंखुगढीका १ जनामा कोरोना संक्रमण पुष्टि

ओखलढुङ्गान्युज, पुष , २०७७ ओखलढुङ्गा आईतबार ओखलढुङ्गामा एकजना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिकाका एकजना पुरुष रहेको प्रदेश नं. १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

ओखलढुङ्गाका १ सहित आईतवार प्रदेश नं. १ मा ३७ जना कोरोना भाईरसका संक्रमित थपिएका छन् । थपिनेहरुमा मोरंगमा १६, इलाममा ७, झापामा ५, सुनसरी र संखुवासभामा २–२, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६० जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५४, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ३, न्युरो अस्पतालबाट २ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजार १२० पुगेको छ ।

प्रदेश १ मा आईतबार पछिल्लो २४ घण्टामा २ सय ९९ जनाको पीसीआर परीक्षण गरिएकोमा १६ महिला र २१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ४ हजार २५६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार ३ सय ३२ पुगेको छ ।