नेपाली समय Loading...२०८१ बैशाख २२ शनिबार

अख्तियार प्रमुखमा प्रेम कुमार राई सिफारिस

ओखलढुङ्गान्युज, पुष ५, २०७७ । काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राईलाई सिफारिस गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको विघटन गरेसँगै अख्तियार आयोगको प्रमुख आयुक्तमा राईलाई सिफारिस गरिएको हो ।

नियुक्ति भएका व्यक्तिहरुको बारेमा संसद् विघटन भएपछि संवैधानिक आयोगबारे संसदीय सुनुवाई पनि हुने छैन । सरकारले संवैधानिक निकायहरुमा रिक्त रहेका ४५ पदमा नियुक्तिका लागि गरिएको सिफारिस संसदमा दर्ता गराएको हो। 

कांग्रेस सभापति देउवाले नाम उपलब्ध गराएका पुर्व आईजिपी जय बहादुर चन्द पनि अख्तियारमा आयुक्त भएका छन्। यस अघि प्रधानमन्त्री ओली र सभापति देउवाबीच संवैधानिक निकायमा रिक्त पदपूर्तिका लागि पटक पटक छलफल भएको थियो। प्रधानमन्त्री ओलीको अध्यक्षतामा रहने सदस्यीय संवैधानिक परिषदको बैठकमा तीन जनाको उपस्थितिले पनि सिफारिस गर्न सक्ने प्रावधान राखिएको छ।