नेपाली समय Loading...२०८१ बैशाख २२ शनिबार

प्रधानमन्त्रीले गरे संसद विघटनको सिफारिस

ओखलढुङ्गान्युज, पुष , २०७७ काठमाण्डौं प्रधानमन्त्रीले केपी शर्मा वलीले संसद विघटनको प्रस्ताव गरेका छन् । आईतवार विहानै मन्त्री परिषदको आकस्मिक बैठक बोलाएका वलीले बैठकमा संसद विघटनको सिफारिस दर्ता गर्ने भन्दै बाहिरीएको एक मन्त्रीले बताएका छन् ।

संसद विघटनको कुराले अहिले देशैभर तरंग फैलाएको छ । संसद विघटनको सिफारिस दर्ता भएमा आजवाट नै नेकपा औपचारिक रुपमा विभाजन हुने नेकपाका  एक केन्द्रिय सदस्यले बताएका छन । संसद् बिघटनबारे राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय भएको बताइएको छ।

प्रधानमन्त्री ओलीले आज (आईतवार) बिहान १० बजे मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाउनुभएको थियो । सो बैठकमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ताबारे मन्त्रिपरिषद्मा छलफल भइरहेको स्रोतले बताएको छ ।