नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

भारतमा किसान आन्दोलन, २५ को मृत्यु

ओखलढुङ्गान्युज, पौष २०७७ प्रवास भारतको केन्द्रीय सरकारले कृषि विधेयक ल्याएपछि केही हप्तादेखि किसानहरुले दिल्लीमा आन्दोलन गर्दै आइरहेका छन् । आन्दोलन सुरुवात भएको केहि हप्तामा नै भारतमा २५ जना कृषकको मृत्यु भएको छ।

आन्दोलनको अबधिमा दुईजनाले आत्महत्या गरेका छन् भने, विभिन्न रोग लागेर १४ र अन्यको हृदयाघातका कारण मृत्यु भएको हो । भारतीय प्रहरीका अनुसार १० जना कृषकको भने आन्दोलनमा सहभागी हुन आउदै गर्दा सडक दुर्घटनामा परि मृत्यु भएको हो ।

केही सातादेखि दशौं हज्जारौं किसानहरुले दिल्लीमा आन्दोलन गर्दै आइरहेका छन्। किसानले केन्द्रीय सरकारले कृषि विधेयक ल्याएको विरोधमा दिनहुँ प्रदर्शन गरिरहेका छन् ।