नेपाली समय Loading...२०८१ बैशाख २२ शनिबार

प्रदेश नं. १ का तीन जिल्लाका सहयोगापेक्षीहरुको उद्धार गरिने

ओखलढुङ्गान्युज, पुष , २०७७ विराटनगर प्रदेश १ सरकारले तीन जिल्लाका सडकमा रहेका सहयोगापेक्षीहरुको उद्धार गर्ने भएको छ । सडक मानवहरुको राष्ट्रिय उद्धार कार्यक्रम अन्र्तगत पुस ९, १० र ११ गते भित्रमा झापा, मोरङ र सुनसरीका सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावक विहिन) सडक मानवहरुको उद्धार गरिने सामाजिक विकास मन्त्रालयले आज विराटनगरमा पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।

शनिवार आयोजित पत्रकार सम्मेलनमा मानव सेवा आश्रमसँगको सहकार्यमा पुस ७ र ८ गते तीन जिल्लाका सडक बालबालिकाहरुको उद्धार गरिने जानकारी दिईएको हो । तयसैगरि पुस ९ देखि ११ गते सम्म मानसिक रोगी, असहायहरुको उद्धार गरिने बताईएको छ ।

पुर्वपश्चिम राजमार्ग केन्द्रित कार्यक्रम अन्र्तगत पहिलो चरणमा झापा, मोरंग र सुनसरीका सहयोगापेक्षी मानवहरुको उद्धार गर्न लागिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो । अभियान अन्र्तगत उद्धार गरिसकेपछि  ३ जिल्लाका स्थानीय तहहरुले सहयोगापेक्षी सडक आश्रित मानवमुक्त सडक घोषणा गर्ने उहाँले बताउनुभयो । १४ वटै जिल्लाका स्थानीय तहले सहयोगापेक्षी  सडकआश्रित मानवमुक्त सडक घोषणा गरेपछि प्रदेशलाई आगामी बैशाख मसान्त भित्रमा घोषणा गरिने मन्त्री घिमिरेले बताउनुभयो ।

राजमार्ग केन्द्रित कार्यक्रमपछि प्रदेश १ का अन्य जिल्लामा अभियान शुरु गरिने मन्त्री घिमिरले बताउनुभयो । मन्त्री घिमिरेका अनुसार उद्धार गरिएका बालबालिकालाई सुनसरी इटहरीको भ्वाइस अफ चिल्ड्रेन (भीओसी), अपाङ्गता भएकाहरुलाई झापाको खगेन्द्र नवजीवन केन्द्र र अन्यलाई मानव सेवा आश्रम विराटनगरमा राखिने छ ।

पुस ८ गतेसम्म झापा, मोरङ र सुनसरीका सवै स्थानीय तहहरुले सहयोगापेक्षी मानवहरुको खोजी तथा सूचना संकलन गरि सामाजिक विकास मन्त्रालयलाई जानकारी गराउनुपर्ने मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले बताउनुभयो ।

मानव सेवा आश्रमले पुस ७ देखि माघ ७ गतेसम्म राष्ट्रिय उद्धार कार्यक्रम (मेची–महाकाली) सञ्चालन गर्दैछ । अभियानको प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्ने कार्यक्रम रहेको मानव सेवा आश्रम प्रदेश १ का संयोजक नवराज केसीले जानकारी दिनुभयो ।